Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
समृद्ध राष्ट्र निर्माणका लागि सहिदको साहस सबैका लागि प्रेरणा: उपराष्ट्रपति – Lekhanpeeth

समृद्ध राष्ट्र निर्माणका लागि सहिदको साहस सबैका लागि प्रेरणा: उपराष्ट्रपति

170
0
Share:

काठमान्डौ/उपराष्ट्रपति रामसहाय प्रसाद यादवले स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक रूपमा सबल, सुदृढ र विकसित मुलुक निर्माणका लागि सहिदहरूको साहस सबैका लागि प्रेरणा भएको उल्लेख गरेका छन् ।

 

सहिद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, समावेशिता, सबै खाले विभेदको अन्त्य, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

 

उपराष्ट्रपति यादवले नेपालको पवित्र धर्तीमा कैयौँ महान् सपूतहरू/वीरवीरंगनाहरुले जन्म लिएका र उनीहरूले लोकतन्त्र, समानता, पहिचान, सहअस्तित्व, सदाचार, सद्व्यवहार, समान अधिकारका लागि प्राणको आहुति दिएको बताएका छन् । उनले सहिदहरूले हामीलाई एउटा स्वतन्त्र, समृद्ध र शान्त नेपाल निर्माण गर्न प्रेरणा प्रदान गरेको उल्लेख गरेका छन् ।

 

वीर सहिदहरूको बलिदान, त्याग, अदम्य साहस, वीरता र हौसलालाई स्मरण गर्दै उनीहरूप्रति हार्दिक श्रद्धा सुमन, सम्मान र नमन गर्नका लागि हरेक वर्ष माघ १६ का दिन मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाइन्छ । “सहिद दिवस हामीलाई सहिदहरूको सम्झना मात्र गराउने दिन होइन, हामीलाई उहाँहरूको मार्गदर्शन र प्रेरणाले अघि बढ्न प्रेरित गर्ने दिन पनि हो”, उनले भनेका छन् ।

 

यस अवसरमा हामीले सहिदहरूको सपना पूरा गर्न, न्यायपूर्ण र समानतामूलक समाज निर्माण गर्न र लोकतान्त्रिक मूल्यहरूको संरक्षण गर्न संकल्प लिन सक्नुपर्ने उनले बताएका छन् । उनले देशको विकास, शान्ति, समृद्धि र अखण्डता राष्ट्रिय एकताबाटै सम्भव भएको समेत बताए ।

 

सहिदहरूको सपना र आकांक्षा साकार पार्न सके मात्र उनीहरूप्रतिको सच्चा श्रद्धाञ्जली अर्पण गरेको ठहरिने उल्लेख गर्दै उनले मुलुकको दिगो शान्ति, सुशासन, विकास, समृद्धिको आकांक्षा पूरा गर्न सम्पूर्ण राजनीतिक दल, आम नागरिक समाजलगायत सबै दृढ संकल्पका साथ लाग्नु आजको आवश्यकता भएको बताएका छन् ।उपराष्ट्रपति यादवले सहिद दिवसका अवसरमा सहिदको आदर्श र मूल्यलाई आत्म सात गर्दै, एकताको भावनालाई थप सुदृढ र बलियो बनाउँदै देशको प्रगति, विकास र समृद्धिको लागि दत्तचित्त तथा एकाकार भई मिलेर काम गर्न आह्वान गरेका छन् ।

Share: