Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
माधव नेपालबाट शहीदहरुप्रति श्रद्धाञ्जली – Lekhanpeeth

माधव नेपालबाट शहीदहरुप्रति श्रद्धाञ्जली

267
0
Share:

काठमान्डौ/नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जीवन उत्सर्ग गरेका अमर शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

 

शहीद दिवसका सन्दर्भमा आज एक विज्ञप्ति निकालेर उनले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो प्राण आहुति गरेका सम्पूर्ण ज्ञातअज्ञात अमर शहीदहरूप्रति श्रद्धाञ्जली प्रकट गरेका हुन् ।

 

विज्ञप्तिमा अध्यक्ष नेपालले सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाज निर्माण गर्ने सहिदको आकाङ्क्षालाई साकार बनाउन सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय लाग्नुपर्नेमा जोड दिँदै देशमा स्वाधीन एवं स्वावलम्बी अर्थतन्त्र निर्माण गर्न सकेमा सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गरेका छन्।

 

Share: