Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
संसद्‍मा अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने माओवादी केन्द्रको निर्णय – Lekhanpeeth

संसद्‍मा अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने माओवादी केन्द्रको निर्णय

221
0
Share:

काठमान्डौ/नेकपा माओवादी केन्द्रले संसद‍्मा अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने निर्णय गरेको छ। बिहीबार बसेको माओवादी संसदीय दलको बैठकले उक्त निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

 

‘अध्यादेश अस्वीकार गर्ने सूचना दिनेछौं। नियमावली अनुसार सूचना दर्ता गर्छौं,’ उनले भने। अध्यादेश ल्याउने सरकारको प्रक्रिया नै गलत भएको उनको भनाइ छ। छिटोभन्दा छिटो डेलिभरी दिन अध्यादेश ल्याएको भन्ने सरकारको अभिव्यक्ति जनतालाई भ्रममा राख्नका लागि मात्र भएको आफूहरूको निष्कर्ष रहेको उनले प्रस्ट पारे।

 

सामाजिक सञ्जालसम्बन्धी विधेयकबारे पनि माओवादीले बैठकमा छलफल गरेको छ। ‘सामाजिक सञ्जालसम्बन्धी विधेयकमा सजायबारे छलफल भएको छ। अहिले राष्ट्रियसभामा भएकोले हामी त्यसलाई केल्याएर निर्णय गर्नेछौं,’ उनले भने। उनले माओवादी सदनमा सशक्त ढंगले प्रस्तुत हुने बताएका छन्।

Share: