एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

41
0
Share:

काठमान्डौ/एनएमबी बैंकले संस्थापक शेयर धनीको नाममा रहेको ५१ हजार ७४६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरूले आवेदन दिन सक्नेछन् ।

 

यसअघि विद्यमान संस्थापक शेयर धनीहरूले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजात सहित ७ दिनभित्र काठमाडौँको बालुवाटारस्थित एनएमबी क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक)को कार्यालयमा निवेदन दिनु पर्नेछ।

 

सेयर खरिदका लागि निवेदन दिएपछि आपसी सहमतिमा मात्रै सेयर खरिद बिक्री पक्रिया अघि बढाइने बैंकले जनाएको छ।

Share: