Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत आयोजनामा जुट्यो लगानी – Lekhanpeeth

९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत आयोजनामा जुट्यो लगानी

Share:

काठमान्डौ/मर्स्याङ्दी नदीमा एम. ए. पावर प्रा. लि. ले निर्माण गर्ने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैक लिमिटेडको अगुवाईमा २०८१ माघ १८ गते लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

 

लगानी सम्झौता एम. ए. पावर प्रा. लि. का अध्यक्ष अनुप आचार्य र कुमारी बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैक लिमिटेड, प्रभु बैक लिमिटेड, सिद्धार्थ बैक लिमिटेड, कृषि विकास बैक लिमिटेड लगायतका विभिन्न बैंक तथा वित्तिय संस्थाहरूको रु. १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता सम्पन्न भएको छ ।

 

स्वपुँजी लगानी तर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र श्री दिपक बरालको हुनेछ । साथै डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा ४९ प्रतिशत सम्म स्वपुँजी लगानी गर्न पूर्व आवश्यक ड्यू डिलिजेन्स स्ट्डी अगाडि बढाएको कम्पनीका अध्यक्षले बताएका छन् ।

 

यही समूहबाट हाल सेतीखोला हाइड्रोपावर लिमिटेडमार्फत सेतीखोला जलविद्युत आयोजना २२ मे.वा. निर्माण कार्य अन्तिम चरणमा रहेको छ । आयोजनाको नेपाल बिद्युत् प्राधिकरण सँग २०८० साल कार्तिक ०१ गते बिद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भई व्यापारिक उत्पादन शुरु गर्नु पर्ने मिति २०८६ साल वैशाख २२ रहेको छ ।

 

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) स्वीकृतिका लागी सम्बन्धित निकायमा पेश भएको कम्पनीका अध्यक्षले बताएका छन् ।

 

आयोजनाबाट उत्पादित विद्युत् विद्युत् गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल बिद्युत् प्राधिकरणको मार्किचोक सब-स्टेशनमा २२०/१३२ केभी मा जोडिने छ ।

Share: