Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत – Lekhanpeeth

एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

176
0
Share:

काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

‘१० वर्षे अवधिको ७.५० प्रतिशत ब्याजदर भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत वैशाख ७ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो ।

अब आगामी कारोबारदेखि यो ऋणपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

बैंकले गत फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको थियो ।

Share: