Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पियोर इनर्जीको आईपीओ भोलि बाँडफाँड हुने – Lekhanpeeth

पियोर इनर्जीको आईपीओ भोलि बाँडफाँड हुने

94
0
Share:

काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओ भाेलि (वैशाख ११ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार वैशाख ११ गते बिहीबार आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।

पियोर इनजीको आइपीओमा मागभन्दा १९.२८ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यसमा १९ लाख ३६ हजार ५३ जनाले कुल २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख १९ हजार ५२० जनाले मात्र सेयर हात पार्नेछन् ।

बाँकी १८ लाख १६ हजार ५३३ जनाको भने हात खाली हुनेछ । पियोर इनर्जीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

Share: