
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो आधिकारिक पेजमार्फत सूचना जारी गर्दै नेपाली राष्ट्रिय टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो ।
नेपाल र हङकङबीचको खेल आगामी जुन ५ मा हङकङमा आयोजना हुनेछ । फिफा विन्डो अन्तर्गत उक्त मैत्रीपूर्ण खेफ हुने एन्फाले जनाएको छ ।
हङकङ फुटबल संघले आयोजना गर्ने सो खेल फिफाको आधिकारिक अन्तर्राष्ट्रिय म्याच क्यालेन्डर अन्तर्गत नै रहनेछ ।