माछापुच्छ्रे बैंक र अलमुजैनी एक्सचेन्जबीच सम्झौता

11
0
Share:

काठमाडाैं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले कुवेतस्थित अलमुजैनी एक्सचेन्जसँग औपचारिक सम्झौता गरेको छ ।

बैंकले कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ कुबेतस्थित अलमुजैनी एक्सचेन्जसँग सहकार्य गरी विधिवत रुपमा रेमिट्यान्स सेवा सुरुवात गरेको हो ।

बैंकले वैशाख ११ गते बिहिबारका दिन कुवेतस्थित होटल मिलेनियम साल्मियामाएक औपचारिक कार्यक्रमको आयोजना गरी अलमुजैनी एक्सचेन्जसँग औपचारिक रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन के.सीको समुपस्थिति सम्पन्न उक्त औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एवं कुवेतस्थित अल मुजैनि एक्चेन्जका महाप्रवन्धक डा. ह्यु फर्नान्डिसले सम्झौता एकआपसमा हस्तान्तरण गरेका हुन् ।

कुवेतस्थित नेपाली राजदुतावासका लागि कार्यबाहक राजदुत सुजनी राणाको प्रमुख आतिथ्तामा सम्पन्न उक्त औपचारिक कार्यक्रममा गैर आवासिय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा, लगायत गैर आवासिय संघका प्रतिनिधिहरु, कुवेतस्थित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु एवं पत्रकार लगायत कुवेतमा कार्यरत थुप्रै नेपालीहरुको पनि उपस्थिति रहेको थियो ।

सोही कार्यक्रमा बैंकले तयार पारेको बैंकको कभर गीत सार्वजनीक समेत गरिएको थियो । बैंकका पूर्व सञ्चालक हरिभक्त सिग्देलले रचना गरेको उक्त कभर गीत बैंकका सञ्चालक समितिका अध्यक्ष रोशन केसी एंव कुवेतस्थित नेपाली राजदुतावासका लागि कार्यबाहक राजदुत सुजनी राणा ज्यूले संयुक्त रुपमा सार्वजनीक गरेका थिए । सार्वजनीक गरिएपश्चात उक्त गीत बैंकले आफ्ना सम्पूर्ण सामाजिक सञ्जालहरुमा प्रशारण/प्रकाशन गर्नेछ ।

माछापुच्छ्रे बैंकले कुवेतमा उक्त सेवा सुरुवात गरे पश्चात अब कुवेतमा रहेका नेपालीहरुले कुवेतस्थित अलमुजैनी एक्सचेन्जका १४५ वटा शाखाबाट पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्टमार्फत सजिलै भुक्तानी लिन सकिनेछ ।

 

Share: