रक्सीको बोतल चोर्ने कुन सहमहामन्त्रीको छोरा हो प्रमाणित गर्न लिङ्देनलाई कांग्रेसको चुनौती

62
0
Share:

काठमाडाैं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेस सह–महामन्त्रीको छोराले रक्सी चोरेको प्रमाणित गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सचेतक घिमिरेले रक्सी चोरेको प्रमाणित गर्न या माफी माग्न राप्रपा अध्यक्ष लिङ्देनलाई चुनौती दिएका हुन् ।

पार्टीलाई लाञ्छित गरेको आरोप संसद्को रेकर्डबाट हटाउन पनि उनले माग गरे । ‘शुक्रबार संसद् बैठकमा राप्रपा अध्यक्षले चैत १५ गते भाटभटेनीबाट रक्सी चोर्ने सहमहामन्त्रीको छोरो भनेर नेपाली कांग्रेसलाई इंगित गरेको पाइयो । कुनचाहिँ सहमहामन्त्रीको कुन छोराले चोरेको हो, प्रमाणित गर्नुस्,’ घिमिरेले भने, ‘होइन भने उहाँले शब्द फिर्ता लिएर माफी माग्नुपर्छ, व्यक्तिगतरूपमा पार्टीलाई लान्छित गरेर बोल्न पाइँदैन ।’

 

Share: