Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दिल्लीसँगको अभ्यास खेलमा नेपाल पराजित – Lekhanpeeth

दिल्लीसँगको अभ्यास खेलमा नेपाल पराजित

130
0
Share:

काठमाडौँ । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको तयारीका लागि भारतको दिल्लीमा रहेको नेपाली टोली अभ्यास खेलमा पराजित भएको छ।

सोमबार भएको खेलमा नेपाललाई दिल्ली महिला टोलीले ३८ रनले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेटको क्षतिमा १२९ रन बनायो। दिल्लीका लागि आयुशी सोनीले नटआउट ४६ रन बनाइन्।

बलिङमा नेपालकी पूजा महतो, मनीषा उपाध्याय र इन्दू बर्माले एक एक विकेट लिए । १३० रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेटको क्षतिमा ९१ रन बनाउन सक्यो।

नेपालका लागि रुबी पोद्दारले सबैभन्दा बढी २३ रन र कविता जोशीले नटआउट २१ रन बनाउँदा अरु ब्याटर सस्तैमा आउट भए। एसिया छनोट मे महिनामा थाइल्यान्डमा हुनेछ।

नेपालसहित नौ टोलीले भाग लिँदैछन्। छनोटमा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसहित हङकङ र बहराइन छन्। समूहको शीर्ष टोलीले फाइनल राउन्ड खेल्नेछ। फाइनल राउन्डमा तीन टोलीबीच प्रतिस्पर्धा हुँदा शीर्ष दुई विश्वकप छनोटमा पुग्नेछन्।

विश्वकप छनोटमा १० टोली भिड्नेछन्। १० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी-२० विश्वकपमा छनोट हुनेछन्।

नेपाली टोलीमा इन्दू बर्मा (कप्तान), पूजा महतो (उप-कप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, राजमती ऐरी, मनीषा उपाध्याय, कविता जोशी, रुबी पोद्दार (विकेटकिपर), सबनम राई, रिया शर्मा, सम्झना खड्का, रोमा थापा (विकेटकिपर), ईश्वरी बिस्ट छन् ।

Share: