Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
श्रमिकहरुको हक र सम्मानका लागि सरकार गम्भीर हुनुपर्छ : विद्वान गुरुङ – Lekhanpeeth

श्रमिकहरुको हक र सम्मानका लागि सरकार गम्भीर हुनुपर्छ : विद्वान गुरुङ

146
0
Share:

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले अन्तर्राष्ट्रिय श्रमिक दिवस २०२५ (मे दिवस) को अवसरमा सम्पूर्ण श्रमिक तथा मजदुरहरूलाई शुभकामना दिएका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै अध्यक्ष गुरुङले राष्ट्रको विकासमा श्रमिक तथा मजदुरहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् । उनले श्रमिक वर्गको पेशागत हक, हित र सम्मानको प्रतिकको रुपमा यो दिवस मनाइने बताउँदै सम्पूर्ण मजदुर वर्गलाई एकताको सूत्रमा बाँध्ने माध्यम भएको विश्वास व्यक्त गरेका हुन् ।

अध्यक्ष गुरुङले स्वदेशी उत्पादनलाई विशेष स्थान दिएर मजदुरहरुको शिपको योगदानलाई कदर गरि संरक्षण गर्नुपर्ने बताए ।

श्रमिकहरूको उचित माग सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ । उनले सरकारले श्रमिक हितका विषयमा स्पष्ट दृष्टिकोण लिनु जरुरी रहेको भन्दै मजदुरहरूको अधिकार सुनिश्चित गर्न विशेष ध्यान दिन आह्वान गरेका छन् ।

Share: