
काठमाडाैं । टाटा मोटर्स नेपालको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नगदरहित बीमा दाबी सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौंस्थित सिप्रदीको मुख्य कार्यालयमा आयोजित एक विशेष समारोहबीच दुवै कम्पनीका प्रतिनिधिहरूले यस सम्झौतामा हस्ताक्षर गरेका छन् । सिप्रदीका भाइस प्रेसिडेन्ट सौरवराज थपलिया र ओरियन्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्तीले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
कम्पनीका अनुसार, यस सहकार्यबाट टाटा ग्राहकहरूलाई सवारी दुर्घटना भएमा बीमा दाबी प्रक्रिया सजिलो र छिटो बनाउने लक्ष्य राखिएको छ । यसअघि सिप्रदीले शिखर इन्स्योरेन्स, सलिको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स र सानिमा इन्स्योरेन्ससँग पनि नगदरहित बीमा दाबी सम्झौता गरिसकेको छ ।
कम्पनीको दाबीअनुसार, यस सेवाबाट २ हजार ५ सयभन्दा बढी ग्राहकले छिटो र झन्झटमुक्त दाबी प्राप्त गरिसकेका छन् । सिप्रदीले भविष्यमा थप ग्राहकहरूलाई यस्तै सुविधा दिने योजना बनाएको छ । यस सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।