सरकारले चुरे संरक्षणको गुरुयोजना पुनरावलोकन गर्ने

30
0
Share:

काठमाडौं । सरकारले चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गर्ने भएको छ ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण परियोजनाको पुनर्संरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रूपमा अघि बढाउने भएको छ ।

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा सरकारले सो योजना समेटेको हो । संघीय संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने, ‘चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गरिने छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण परियोजनाको पुनर्संरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रूपमा अघि बढाइनेछ ।’

 

Share: