सेयर बजारमा सामान्य अंकको गिरावट, ९ अर्ब २४ करोडकाे कारोबार

9
0
Share:

काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक १.१८ अंकले घटेर २६२२ को विन्दुमा कायम भएको छ ।

आज ११७ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ कम्पनीको मूल्य घटेको छ ।

आज ९ अर्ब २४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ६० करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ र ओम मेगा श्रीका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

Share: