Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
हिमालयन लाइफ इन्स्योरेन्सको नाफा बढ्याे, प्रतिसेयर आम्दानी कति? – Lekhanpeeth

हिमालयन लाइफ इन्स्योरेन्सको नाफा बढ्याे, प्रतिसेयर आम्दानी कति?

400
0
Share:

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सकाे नाफा ८.४९ प्रतिशत बढेको छ । इन्स्योरेन्सकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेकाे छ ।

सार्वजनिक विवरणअनुसार चालु आवमा तेस्रो त्रैमाससम्म कम्पनीले ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४३ करोड ५४ लाख रुपैयाँ थियो ।

खुद प्रिमियम आम्दानी पहिले १२ अर्ब २ करोड रुपैयाँ रहेकोमा अहिले १२ अर्ब १८ करोड छ । नाफा बढे पनि प्रतिसेयर आम्दानी घटेको छ । पहिले ८ अर्ब २ करोड रहेको चुक्ता पूँजी अहिले ९ अर्ब १४ करोड पुगेको छ ।

वार्षिक प्रतिसेयर आम्दानी पहिले ७ रुपैयाँ २४ पैसा रहेकोमा अहिले ६ रुपैयाँ ८९ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ७ पैसा छ ।

Share: