बुद्धभुमी नेपाल हाईड्रोको नाफामा ४४ प्रतिशतको गिरावट

47
0
Share:

काठमाडाैं । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ५ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४४.९१ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले १० लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आवको तेस्रो त्रैमाससम्म १२ करोड ७९ लाख रुपैयाँ रहेकोमा घटेर १२ करोड २५ लाख रुपैयाँमा सीमित बनेको छ ।

कम्पनीको कुल खर्च अघिल्लो आवमा ५ करोड १५ लाख रहेकोमा बढेर ५ करोड ३४ लाख पुगेको छ ।

यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ८ करोड ११ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(त्रैमासिक)०.१९ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ८३.०५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३४०.३० रुपैयाँ र तरलता अनुपात ०.४५ प्रतिशत कायम भएको छ ।

Share: