सेयर बजारमा ६२ अंककाे वृद्धि, साढे १० अर्ब माथिको कारोबार

15
0
Share:

काठमाडौं । आज सेयर बजारमा भारी अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ६२.२५ अंकले बढेर २६७३ को विन्दुमा कायम भएको छ ।

आज २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको मूल्य घटेको छ ।

आज १० अर्ब ५१ कराेड रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोको सेयर किनबेच भएको छ । यस कम्पनीको ५९ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ५४ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४.४३ प्रतिशतका दरले गुमाएका हुन् ।

Share: