
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेकाे छ । आज सुनकाे मूल्य तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ । आज सुनको मूल्य ३०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर १ हजार ९७० रुपैयाँ कायम भएको हो ।