सुनकाे मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ काराेबार?

26
0
Share:

काठमाडाैं । सोमबार सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज सुनको मूल्य ३ हजार ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको कारोबार प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाा कायम थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएको छ ।

Share: