बजाजले ल्यायाे ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ योजना, नागरिकता मात्रैले नयाँ बाइक किन्न सकिने

31
0
Share:

काठमाडाैं । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रालिले ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ ।

यही वैशाख २६ गतेदेखि जेठ १ गतेसम्म महाबिर चोक (धरान रोड), विराटनगरमा आयोजना भएको यस मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्र बजाजको बाइक किन्न सक्नेछन् ।

शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजारसम्मको अतिरिक्त भ्यालुएसन, निःशुल्क एक्सेसोरिज र ‘खुशीको मिटर’ योजनाअन्तर्गत नगद र उपहार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

यी अनुभवी भ्यालुएटरहरूले ग्राहकहरूको बाइकको न्यायोचित मूल्यांकन गरी थप १० हजारसम्मको बोनस भ्यालुए्सन दिनेछन् । यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया जस्तैः घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेट लगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्ण रूपमा हटाएको बताइएको छ ।

किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै ऋण पास गरेर सरल फाइनान्समार्फत् यो सुविधा पाउनेछन् ।

विराटनगरको महाबिर चोकमा आयोजना हुने ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ नेपालको बृहत् मोटरसाइकल एक्सचेन्ज योजना हो । साथै, ‘खुशीको मिटर’ अन्तर्गत उत्सुक ग्राहकहरूले नगद र उपहार जित्ने मौका पाउनेछन् ।

Share: