सानिमा माई हाइड्रोपावरको नाफा १२ प्रतिशतले घट्यो, इपीएस ७.४१ रुपैयाँ

82
0
Share:

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले २७ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यस कम्पनीले ३१ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो । यो गत वर्षको यसैअवधिको तुलनामा १२.०३ प्रतिशत कम हो ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ५९ करोड ६४ लाखबाट घटेर ५१ करोड २९ लाख रुपैयाँ कायम भएको छ भने वित्तीय खर्च ८ करोड ४ लाखबाट घटेर ५ करोड ४५ लाख कायम भएको छ ।

कम्पनीको चुकत पुँजी ३ अर्ब ७३ करोड ७९ लाख ९३ हजार रुपैयाँ रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब १ करोड ६२ लाख रुपैयाँ छ । त्यस्तै कम्पनीको इपीएस ७.४१ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १७२.८५ रुपैयाँ रहेको छ ।

Share: