Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिसेयर आम्दानी ३२.०८ रूपैयाँ – Lekhanpeeth

हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिसेयर आम्दानी ३२.०८ रूपैयाँ

124
0
Share:

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको नाफा २५१.३२ प्रतिशतले बढेर ७३ करोड ९२ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यस कम्पनीले २१ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको सञ्चालन आम्दानी ४ अर्ब ३० करोड ७३ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २४४.३४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २ अर्ब ७४ करोड ४१ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७ करोड ३४ लाख र जगेडा कोषमा ८८ करोड ७६ लाख रुपैयाँ छ । त्यस्तै, कम्पनीको इपीएस ३२.०८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२८.८९ रुपैयाँ रहेको छ ।

Share: