
काठमाडाैं । नेपाली काङ्ग्रेसको सुभेच्छुक संगठन नेपाली काङ्ग्रेस जनसम्पर्क समिति क्यानडाको कार्यवाहक सभापतिको जिम्मेवारी निरन्जन थापाले पाएका छन् ।
विगत लामो समयदेखी क्यानडामा बसोबास गरी नेपाली काङ्ग्रेसमा आवद्ध रहेका थापा नेपालमा दाङको जिल्लाबासी हुन् ।
थापा १४औं महाधिवेशनमा क्यानडाबाट महाधिवेशन प्रतिनीधि भएर पार्टीको महाधिवेशनमा भाग लिएका थिए ।
नेपाली जनसम्पर्क समिति क्यानडाको उपसभापति एवं संगठन विभाग प्रमुख रहेका थापालाई सभापति बुद्धि प्रकाश ओलीले आफु व्यक्तिगत कारणले क्यानडा बाहिर जानुपर्ने भएकोले कार्यवाहक सभापतीको जिम्मेवारी दिएको कुरा बताएका छन् ।
नेपाली समुदायले गर्ने सभा ,सम्मेलन, गोष्ठी र अधिवेशनहरुमा थापालाई अतिथि संस्थाको प्रतिनिधित्व गर्दै कार्यवाहक सभापतिको रुपमा उपस्थित हुन सभापति ओलीले अनुरोध गरेका छन् ।




