
काठमाडाैं । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१, मौलाकालिकामा इला होटल तथा रिसोर्ट सञ्चालनमा ल्याइएको छ । आज (सोमबार)बाट होटल तथा रिसोर्ट सञ्चालनमा ल्याइएको आइएमई समूहले जानकारी गराएको छ ।
मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्यांक्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायत विभिन्न सुविधाहरू उपलब्ध रहेको बताइएको छ ।
केबलकारसहितको इला होटल तथा रिसोर्टको पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमिसहितका सम्पदाहरूका अवलोकनमा सहयोग पुर्याउने विश्वास आइएमई समूहको छ ।
यो समूहले सात वटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिरहेको छ ।
हालसम्म तीन वटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् । यस होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन् ।
अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ । त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा आउने उल्लेख छ ।