
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससममको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले २३ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा २२.६६ प्रतिशतले धेरै हो । गत वर्ष यसले १९ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा खुद बिमा शुल्क आम्दानी पनि ८.४३ प्रतिशतले बढेर १३ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ । लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ७.५२ प्रतिशतले बढेर ७ अर्ब ३९ करोड कायम भएको छ ।
हाल यसको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ शीर्षकमा ३ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । कम्पनीले गत मंसिरमा ८८.४५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो । हकप्रद निष्कासन पश्चात यसको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुगेको हो ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि ९३ पैसाले बढेर ६.२९ रुपैयाँ (वार्षिक) रहेको छ । यसको प्रतिसेयर नेटवर्थ १९८.९७ रुपैयाँ रहेको छ ।