कालिञ्चोक दर्शनको नाफामा वृद्धि

36
0
Share:

काठमाडाैं । कालिञ्चोक दर्शन लिमिटेडको आम्दानी आएको सुधारका कारण नाफा वृद्धि भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ५ करोड ६२ लाख रुपैयाँबराबर आम्दानी गरेको छ । कम्पनीले आर्जन गरेको यो रकम अघिल्लो आवको तुलनामा ९३.६८ प्रतिशतले बढी हो ।

अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले २ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको नाफा समीक्षा अवधिमा २९८.२४ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ४७ लाख ४६ हजार रहेको कम्पनीको खुद नाफा १ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

यो अवधिमा कम्पनीले ५ लाख ९४ हजार रुपैयाँबराबरको अन्य आम्दानी समेत गरेको छ । कम्पनीको कर्मचारी खर्च ९८ लाख ४५ हजार, हा्रसकट्टी खर्च १ करोड ८ लाख, अन्य खर्च ८८ लाख २१ हजार र वित्त खर्च ७३ लाख २२ हजार रहेको छ ।

रिजर्भको आकार १६४.६६ प्रतिशतले बढ्दै २ करोड २७ लाख पुगेको छ । कम्पनीको ईपीएस १.५८ रुपैयाँबाट बढेर ४.२० रुपैयाँ पुगेको छ ।

Share: