मुक्तिनाथ कृषिकाे नाफा २ करोड २४ लाख

75
0
Share:

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले यस अवधिसम्म २ करोड २४ लाख ४९ हजार रूपैयाँ खुद नाफा गरेको छ। यो गत वर्षको यसैअवधिको तुलनामा ५.४६ प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले २ करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

सञ्चालन आम्दानी ३७ करोड ६१ लाखबाट बढेर ४० करोड ९० लाख रुपैयाँ पुगेको छ । अन्य आम्दानी ८० लाख ५१ हजार रुपैयाँ रहेको छ । आम्दानी बढ्दा नाफामा सुधार आएको हो ।

वित्तीय खर्च ८५ लाख ७० हजारबाट बढेर ९८ लाख पुगेको छ । ७० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अदर इक्विटी ८७ लाख ८४ हजार रुपैयाँले ऋणात्मक छ । इपीएस ४.२८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९८.७५ रुपैयाँ छ ।

Share: