Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अनौपचारिक क्षेत्रका श्रमिकको हकलाई बजेटबाट सम्बोधन गर्न माग – Lekhanpeeth

अनौपचारिक क्षेत्रका श्रमिकको हकलाई बजेटबाट सम्बोधन गर्न माग

106
0
Share:

काठमाडौं। नेकपा एमालेकी सांसद विजुला रायमाझीले अनौपचारिक क्षेत्रको श्रमिकको परिवारका सदस्यलाई रोजगारीको सुनिश्चित गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रायमाझीले अनौपचारिक क्षेत्रको श्रमिकको सर्वेक्षण र पञ्जीकरण गरी कम्तीमा परिवारका सदस्यलाई रोजगारीको सुनिश्चित गर्न माग गरेकी हुन् ।

उनले अनौपचारिक क्षेत्रका श्रमिकको स्वास्थ्य, शिक्षा, रोजगारीलगायत आवश्यकताहरू यही बजेटबाट सम्बोधन गर्नुपर्ने बताइन्।

अनौपचारिक महिला श्रमिकहरूको क्षेत्रमा एक्सनएडले गरेको एक सर्वेक्षण अनुसार चितवन,मकवानपुर,बर्दिया,पाल् पा,पर्सा र सिराहामा गरिएको सर्वेक्षणमा कृषि,निर्माण,घरेलु काम,उत्खनन,कारखाना होटेल,फोहोर व्यवस्थापन र अन्य क्षेत्रका गरी जम्मा ३ हजार ५९७ मा गरिएको सर्वेक्षणमा उचित ज्याला नपाउने ६.२६, न्यूनतम ज्याला नपाउने, ९०.४५, समान ज्यालाको माग राख्ने ५३.६२, हकप्रति नै अनविज्ञ ९७९० प्रतिशत रेकर्डमा देखिएको उल्लेख गर्दै उनले यो सर्वेक्षणको सानो अंश मात्र भएको बताइन् ।

उनले न्यूनतम ज्यालासमेत नपाउने श्रमिकको मानसिक,शारीरिक स्वास्थ्य अवस्था के होला भन्दै प्रश्न गरिन् ।

उनले भनिन्,‘ श्रमिकको सन्तानको पोषण, जीविकोपार्जन,सुरक्षा अवस्था कस्तो होला ? घाइते र अंग गुमाउने श्रमिकको अवस्था के होला रुमेरै वडाको विनोद खत्री,जन्म वडाको प्रकाश सावंतले खुट्टा गुमाएर ट्रमा सेन्टरमा छटपटाउँदा, बस्ने बास धितो र सहयोगले पनि धन र गुणस्तरीय सेवाको अभावले हिड्ने अंग गुमाए । यी त हाम्रा प्रतिनिधि पात्र मात्र हुन् । व्यक्तिको ५र१० हजार सहयोग बाहेक के गर्न सक्छौँ ? राज्यको स्रोत सम्पत्तिमा कतै दोहन, भ्रष्टाचार,अपच र अपचलनका रातदिन समाचार सुन्नु पर्नेकतै बाँच्नको लागि छटपटाउँदै सहयोगको याचना । यो अवस्था अब बदल्नुपर्दछ । यही बजेटबाट सम्बोधन गर्न सुरु गरौँ ।’

Share: