Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सर्वसाधारणका लागि जेठ ९ गतेबाट आईपीओ निष्कासन गर्दै सान्भी इनर्जी – Lekhanpeeth

सर्वसाधारणका लागि जेठ ९ गतेबाट आईपीओ निष्कासन गर्दै सान्भी इनर्जी

121
0
Share:

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले यसअघि जारी पुँजी ८८ करोड रुपैयाँको १० प्रतिशतले हुने ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गरिसकेको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि २ लाख ९१ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ ।

यसमा जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा नबिकेमा जेठ २३ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

कम्पनीको आईपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।

 

Share: