Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग – Lekhanpeeth

आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग

93
0
Share:

काठमाडाै‌ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका क्रममा सांसदहरूले शिक्षा र स्वास्थ्य क्षेत्रलाई बजेटमा प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

छलफलका क्रममा सांसदहरूले शिक्षा, स्वास्थ्य, कृषिलगायत जनताको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित क्षेत्रमा सरकारको विशेष ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

सांसद अम्मरबहादुर थापाले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे । उनले भने, “शिक्षकका मागमा सम्झौता गरिन्छ, तर कार्यान्वयन नहुँदा बारम्बार आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । गरिबीको रेखामुनि रहेका नागरिकको जीवनस्तर सुधार गर्न र राष्ट्रको ढुकुटी बलियो बनाउन के गर्न सकिन्छ भन्नेबारे गम्भीर सोच आवश्यक छ ।”

सांसद अब्दुल खाँनले महिला तथा बालबालिकाको पोषणमा ध्यान दिनुपर्ने, उत्पादनको मूल्य निर्धारण गर्नुपर्ने र अस्पतालहरूको सुधार आवश्यक रहेको बताए। उनले जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा सरकार गम्भीर बन्नुपर्ने धारणा राखे ।

सांसद दीपक कार्कीले सरकारले विकासका लक्ष्यप्राप्त गर्न इच्छाशक्ति र इमान्दारिताको अभाव देखिएको टिप्पणी गरे । उनले भने, “झन्झटिलो कार्यविधिका कारण लक्ष्य हासिल गर्न कठिन भएको छ । तीन तहका सरकारबीच दोहोरोपन हटाएर, सही किसानलाई अनुदान सुनिश्चित गरिनुपर्छ । नियमन र नियन्त्रण कडा हुन आवश्यक छ ।”

सांसद सर्वेन्द्रनाथ शुक्लाले शिक्षाको गुणस्तर सुधार गरी विदेशी विद्यार्थीलाई आकर्षित गर्न सकिने धारणा राखे । उनले युवालाई देशमै अध्ययन गर्ने वातावरण बनाउनसके विद्यार्थी पलायन रोक्न सकिने पनि बताए।

सांसद प्रेम सुवालले मौलाउँदै गएको भ्रष्टाचारले सुशासन कायम हुन नसकेको भन्दै बेरुजु छानबिन स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्ने माग राखे ।

Share: