Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र हो: प्रचण्ड – Lekhanpeeth

जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र हो: प्रचण्ड

100
0
Share:

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको सम्बन्ध सुदृढ गर्न मध्य पहाडी लोकमार्ग केन्द्रित जनअभियान सञ्चालन गरिएको बताएका छन्। उनले स्थानीयतालाई संरक्षण र प्रवर्द्धन गर्दै जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै रहेको दाबी गरे।

उनले अभियान अन्तरगत सुर्खेतको राकम कर्णालीमा आइतबार आयोजित जनसंवाद कार्यक्रममा सुशासन प्रवर्द्धन गर्न र आवश्यकता परे भ्रष्टाचारविरुद्ध नयाँ आन्दोलनको वातावरण बनाउन पनि यो अभियान गरिएको बताए।

यो अभियान जनताको प्रत्यक्ष सहभागिता र भावनालाई आधार मानेर अघि बढाइएको उनले बताए। गरिब, किसान, मजदुर, उत्पीडित समुदाय, सहिद परिवार, बेपत्ता व्यक्तिका आफन्त, जनयुद्धका घाइते तथा अपांग नागरिकहरूसँग भेटघाट गर्दै अभियान अगाडि बढाइएको उनको भनाइ थियो।

Share: