
काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ६०० सय रुपैयाँले बढेर १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य १ लाख ८४ हजार २०० रुपैयाँ रहेको थियो ।
यता, आज चाँदीको मूल्य भने लगातार दोस्रो दिन स्थिर रहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १९ सय ४५ रुपैयाँ कायम रहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।