
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्व पौडेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार भएको छलफलका क्रममा पौडेललाई नै गभर्नर बनाउने गरी सहमति जुटेको स्रोतको भनाइ छ ।
यसअघि कांग्रेस र एमालेबीच कसलाई गभर्नर बनाउने भन्नेबारे विवाद हुँदै आएको थियो ।
सहमतिसँगै आजै गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ भने लगत्तै मन्त्रिपरिषद्को बैठकबाट औपचारिक निर्णय हुने छ ।