‘पल्सर एन१२५’ बिर्तामोडमा सार्वजनिक हुने

12
0
Share:

काठमाडाैं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बिर्तामोडमा पल्सर एन१२५ को सार्वजनिक कार्यक्रम आयोजना गर्दैछ।

बजाजले नयाँ पल्सर एन१२५ को सार्वजनिक संगीतमय साँझ मार्फत गरिँदैछ ।

जेठ ६ गते साँझ ६:३० बजेदेखि खड्का कम्प्लेक्स, बिर्तामोडमा हुन गइरहेको यस कार्यक्रममा प्रवेश नि:शुल्क हुनेछ ।

कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल, कमल खत्री र वाइबा उर्गेन १६ को लाइभ प्रस्तुति रहनेछ ।

कार्यक्रमको सञ्चालन एम्सी अनु मानन्धरले गर्नेछिन् ।

कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर एन१२५ हो जसमा १२४.५८ सिसी एयर-कुल्ड, सिंगल सिलिन्डर इञ्जिन छ, जसले ८.८२ किलो वाट पावर र ११ एनएम टर्क उत्पादन गर्दछ । यो १२५सिसी सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो ।

हंसराज हुलासचन्द एण्ड कम्पनीका मार्केटिङ प्रमुख अमितराज चालिसेले भने, ‘एन१२५ लाई बिर्तामोडमा ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठूलो संख्यामा दर्शक र राइडरहरूको उपस्थिति अपेक्षा रहेको छ।’

Share: