नाइमा नेपाल मोबिलिटी एक्स्पो २१ साउनदेखि हुने

15
0
Share:

काठमाडौं । नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले पहिलो पटक ‘मोबिलिटी एक्स्पो’ गर्ने भएको छ ।

२१ देखि २५ साउनसम्म ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ हुन लागेको हो । भृकुटीमण्डपमा हुने एक्स्पोका लागि ४४ स्टलको व्यवस्थापन भए पनि हालसम्म ४८ स्टल बुकिङको निवदेन परेको नाइमाले जनाएको छ । जसका कारण स्टल थप गर्र्नुपर्ने अवस्था समेत आएको छ ।

मोबिलिटी एक्स्पोमा ४ पाङ्ग्रे ब्रान्डहरू बीवाईडी, सिट्रोन, फर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्ट्स, हुन्डाई, कार्र्ई, किया, लिप मोटर, एलईभी वन, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिसी, निसान, ओमोडा एन्ड जेक्को, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागन र जिकर सहभागी हुनेछन् ।

यस्तै दुई पाङ्ग्रे सवारी साधनमा एम्पिएर, एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरे, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रेभोल्ट, रोयल इनफिल्ड, सेगवेनाइनबट, सुजुकी ट्रियुम्फ, टीभीएस, अल्ट्राभायलेट, यद्दा, जेइयो ब्रान्ड छन् ।

यस्तै कमर्सियल गाडीमा चेरीवान्दा, डोङफेङ, फरिजोन, हुवाजी, कामा, कारे, किङलङ, सनलङ जस्ता ब्रान्ड सहभागी हुने नाइमाले जनाएको छ ।

Share: