
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)का ग्राहकले बूढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् ।
बैंक र रिसोर्टबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकलाई खाना र सफ्ट ड्रिबक्समा १५ प्रतिशत छुट पाउने भएका हुन् ।
छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।