Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सरकारले १० महिनामा ४ खर्ब ऋण उठाउँदा ३ खर्ब ८ अर्ब साँवाब्याज भुक्तानी – Lekhanpeeth

सरकारले १० महिनामा ४ खर्ब ऋण उठाउँदा ३ खर्ब ८ अर्ब साँवाब्याज भुक्तानी

288
0
Share:

काठमाडाैं । सरकारले चालू आर्थिक वर्ष ०८१/८२ को १० महिनामा करिब ४ खर्बबराबर सार्वजनिक ऋण उठाउँदा ३ खर्ब ८ अर्बहाराहारी साँवाब्याज भुक्तानी गरेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको वैशाख मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण रु. २४ खर्ब ३४ अर्ब ९ करोड रहेकामा पछिल्लो १० महिनामा रु. १ खर्ब ८८ अर्ब ३० करोड थप वृद्धि भई कुल ऋण दायित्व रु. २६ खर्ब २२ अर्ब ४० करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४२.९४ प्रतिशत हुन आउँछ । कुल सार्वजनिक ऋणमा वैशाख मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५१.६९ प्रतिशत अर्थात् रु. १३ खर्ब ५५ अर्ब ६९ करोड रहेको छ ।

आन्तरिक ऋणको हिस्सा ४८.३१ प्रतिशत अर्थात् रु. १२ खर्ब ६६ अर्ब ७० करोड रहेको छ । वैशाख महिनामा सार्वजनिक ऋण प्राप्तिभन्दा साँवा भुक्तानी बढी गरेकाले अघिल्लो महिनाको तुलनामा कुल सार्वजनिक ऋण दायित्व घट्न गएको कार्यालयले जनाएको छ। गत चैत मसान्तसम्ममा कुल सार्वजनिक ऋण रु. २६ खर्ब ६७ अर्ब २६ करोडबराबर थियो ।

सरकारको वार्षिक लक्ष्यअनुसार आन्तरिक ऋण उठाउन प्रगति देखिए पनि बाह्य ऋण भने वार्षिक लक्ष्यको तुलनामा कम मात्र उठेको छ । ‘चालू आर्थिक वर्षमा जम्मा रु. पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा वैशाख मसान्तसम्ममा रु. तीन खर्ब ९० अर्ब ८३ करोड ऋण प्राप्ति भएको छ। वार्षिक लक्ष्यको तुलनामा कुल ऋण प्राप्ति ७१.४५ प्रतिशत रहेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘जसमध्ये आन्तरिक ऋण प्राप्तिको प्रगति ९१.२५ र बाह्य ऋण प्राप्तिको प्रगति ४१.३३ प्रतिशत रहेको छ। कुल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक ऋण ७७.०५ र बाह्य ऋण २२.९५ प्रतिशत रहेको छ ।’

Share: