एनआरएनए आईसीसी टोलीलाई अष्ट्रेलियामा स्वागत, नेपालका लागी अष्ट्रेलियाकी राजदूत यादवद्वारा सम्मान

60
0
Share:

क्यानबेरा, अष्ट्रेलिया । अष्ट्रेलियाको राजधानी क्यानबेरामा अवस्थित नेपाली राजदूतावासमा आज एक विशेष समारोहको आयोजना गरी गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का क्षेत्रीय संयोजक इरशाद अहमद र उप–संयोजक प्रताप रानालाई नेपालका लागि अष्ट्रेलियाका राजदूत महामहिम चित्रलेखा यादवले भव्य स्वागत तथा सम्मान गरेकी छन्।

भेटघाटका क्रममा राजदूत यादवले एनआरएनए आईसीसीको विगतका उपलब्धिहरूको चर्चा गर्दै यस संस्थाले प्रवासी नेपालीहरूको हकहितमा पुर्‍याएको योगदानको प्रसंसा गरिन्। उनले एनआरएनएलाई अझ प्रभावकारी, चुस्त र समावेशी बनाउँदै अष्ट्रेलियामा रहेका लाखौं नेपालीहरूसम्म सेवा पु¥याउने कार्यमा थप ध्यान दिन आग्रह गरिन्।

क्षेत्रीय संयोजक अहमद र उप–संयोजक रानाले आफूहरू एनआरएनए आईसीसीको गौरवशाली इतिहासलाई निरन्तरता दिन प्रतिबद्ध रहेको र प्रवासी नेपालीहरूको आवाज बुलन्द बनाउँदै लैजाने अठोट दोहोर्‍याए ।

साथै, आजै महामहिम राजदूत यादवको जन्मदिन परेको अवसरमा एनआरएनए टोलीले राजदूतावास परिसरमै केक काटी शुभकामना अर्पण गरी जन्मदिन विशेष रूपमा मनाएको थियो

Share: