प्रधानमन्त्रीविरुद्ध युट्युबमा अपशब्द प्रयोग गरेको आरोपमा एक युवक पक्राउ

50
0
Share:

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अपशब्द प्रयोग गरेको तथा तथ्यहीन र आधारहीन विषयमा सामाग्रीहरू प्रसारण गरेको आरोपमा प्रहरीले युट्युबर रेशमराज पौडेललाई पक्राउ गरेको हो ।

पौडेलले युट्युब च्यानल ‘ड्राइभर रेशम’ मार्फत प्रधानमन्त्री ओलीको आलोचना र रास्वपाको पक्षमा सामाग्री प्रसारण गर्दै आएका थिए । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले नेपालगञ्जको रुपैडियाबाट पक्राउ गरिएकाे साइबर ब्यूरोका एसपी दिपक राज अवस्थीले बताए ।  उनीविरुद्ध साइबर ब्यूरोले साइबर अपराध मुद्दामा कारबाही अघि बढाएको छ ।

 

Share: