गार्डियन माइक्रो लाइफको सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर

43
0
Share:

काठमाडाैं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको छ ।

कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी र रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि हिमालयन इन्भेष्टमेन्ट बैंकलाई सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।

यससँगै अब सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु हिमालयन इन्भेष्टमेन्ट बैंकरमार्फत हुनेछ ।

गार्डियन माइक्रो लाइफको विराटनगरमा रहेको रजिष्ट्रर्ड कार्यालयमा आज आयोजित एक समारोहबीच हिमालयन इन्भेष्टमेन्ट बैंकरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमेर शम्शेर जव राणा र गार्डियन माइक्रो लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले सेयर रजिष्ट्रार परिर्वतनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

Share: