मधेश प्रदेशको बजेट पारित

28
0
Share:

जनकपुरधाम । मधेश प्रदेश सरकारको बजेट विपक्षी दलका बहिष्कारबीच पारित भएको छ । सदनमा विपक्षी दलको शून्य उपस्थितिमा सत्तादलका सांसदहरूले बजेट बहुमतले पारित गरेका हुन्।

फास्ट ट्र्याकबाट मधेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३को विनियोजन विधेयक पारित भएको हो ।

आर्थिक अपराध गरेको भन्दै विपक्षी दलहरूले सोमबार बिहान कार्यदल र बैठक समेत बहिष्कार गरी निस्केका थिए । गत १ असारमा अर्थमन्त्री सुनिल यादवले अगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

 

Share: