
काठमाडौं । आज सेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ७५.८४ अंकले बढेर २८७० को विन्दुमा कायम भएको छ ।
आज २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९ कम्पनीको घटेको छ ।
आज १६ अर्ब ५९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ८४ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुटवल पावरको ६० करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ट्रेड टावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै एनआइबिएल स्टेबल फन्डका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ७ प्रतिशतका दरले गुमाएका हुन् ।