
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको विवाद चलिरहेका बेला अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई दिएकी छन् ।
पार्टी अध्यक्ष श्रेष्ठले पोखरा महानगरपालिका–६ निवासी पार्टीका वरिष्ठ नेता शिव बास्तोलालाई कार्यबाहकको जिम्मेवारी दिएकी हुन् ।
उनले आफू अस्वस्थ रहेको भन्दै बास्तोलाई कार्यबाहकको जिम्मेवारी दिएको बताएकी छिन् ।
पार्टीका बहुमत केन्द्रीय सदस्यहरूले २४ घण्टाभित्र केन्द्रीय समितिको बैठक बोलाउन अल्टिमेटम दिएका थिए । ११ गतेसम्म बैठक नबोलाए त्यही दिन २ बजे केन्द्रीय समितिको बैठक बोलाएर आवश्यक निर्णय लिने भनिएको थियो । तर अध्यक्ष श्रेष्ठले केन्द्रीय समितिको बैठक नै नबोलाई आफ्नो सम्पूर्ण अधिकार दिएर बास्तोलालाई कार्यवाहक बनाएकी हुन् । भनिन्, ‘अस्वस्थ्य भएकाले बास्तोलाई कार्यवाहक दिएको हुँ, अब उहाँले सबै काम कारवाही हेर्नुहुन्छ ।’