नेपाली उद्यमी मञ्च ललितपुर च्याप्टरको वार्षिक साधारणसभा सम्पन्न

21
0
Share:

काठमाडाैं । नेपाली उद्यमी मञ्च–ललितपुर च्याप्टरले आफ्नो चौथो वार्षिक साधारणसभा शुक्रबार, असार २७, २०८२ मा दि प्लाजा, पुलचोक मा सफलतापूर्वक सम्पन्न गरेको छ । यस अवसरमा अध्यक्ष पदको जिम्मेवारी मिस नितु श्रेष्ठबाट मिस्टर एल्भिस रञ्जितलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो ।

उक्त साधारण सभामा मञ्चका सदस्यहरू, साझेदारहरू, शुभेच्छुकहरू तथा उद्यमशील क्षेत्रका प्रमुख व्यक्तित्वहरू सहभागी भएका थिए ।

कार्यक्रमले विगत वर्षको उपलब्धिहरूको उत्सव मनाउनुका साथै नयाँ नेतृत्व टोलीलाई स्वागत गरेको थियो ।

पछिल्लो कार्यकालमा युवा उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकास सम्बन्धी च्याप्टरले सञ्चालन गरेका पहलहरूलाई सभामा प्रस्तुत गरिएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि सुमना श्रेष्ठ, प्रतिनिधि सभाकी सांसद तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री थिइन् । निर्गत अध्यक्ष नितु श्रेष्ठले आफ्नो कार्यकालभर सदस्य तथा कार्यकारी टोलीले देखाएको समर्पण र सहयोगप्रति आभार प्रकट गरिन् र आगामी नेतृत्वलाई सफलताको शुभकामना दिइन् ।

नव–नियुक्त अध्यक्ष एल्भिस रञ्जितले आगामी वर्षको लागि आफ्नो दृष्टिकोण प्रस्तुत गरे । उनले सहकार्य, प्रभावमुखी कार्यक्रमहरू र युवा उद्यमीहरूलाई निरन्तर सहयोग दिने प्रतिबद्धता व्यक्त गरे ।

उनले च्याप्टरलाई नयाँ उचाइमा पुऱ्याउने उत्साह र प्रतिबद्धता जाहेर गरे ।

सभामा २०२५/२६ कार्यकालको नयाँ कार्यकारी समितिको औपचारिक घोषणा पनि गरिएको थियोः
–एल्भिस रञ्जित : अध्यक्ष
-नितु श्रेष्ठ : निवर्तमान अध्यक्ष
–अनुकुल श्रेष्ठ : प्रथम उपाध्यक्ष
–प्रकिरण श्रेष्ठ : दोस्रो उपाध्यक्ष(
–निशान ढकाल : कार्यकारिणी सदस्य
–अशाङ्क एसजेबी राणा : कार्यकारिणी सदस्य
–सबिल खान : कार्यकारिणी सदस्य
–रिटेज श्रेष्ठ : कार्यकारिणी सदस्य
–आशिष भण्डारी : कार्यकारिणी सदस्य
–श्रद्धा कटुवाल : कार्यकारिणी सदस्य
–अनिश रौनियार : कार्यकारिणी सदस्य
–कुशल जोशी : कार्यकारिणी सदस्य
–अभिषेक शारडा : कार्यकारिणी सदस्य
–पालिजा मानन्धर : च्याप्टर संयोजक

नेपाली उद्यमी मञ्च ललितपुर च्याप्टरले युवाहरूलाई उद्यमशीलता र नेतृत्वमा अघि बढ्न उत्प्रेरित में सशक्त मञ्चको रूपमा आफ्नो पहिचान बनाइरहेको छ। नयाँ नेतृत्वसँगै संस्था एक अर्को त्पादक र प्रेरणादायक वर्षतर्फ अगाडि बढ्ने अपेक्षा गरिएको छ ।

Share: