बढ्यो आँपको मूल्य, किलोको कति?

25
0
Share:

काठमाडौं । बजारमा आँपको मूल्य ह्वात्तै बढेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकले आइतबार आँपको मूल्य बढेको देखाएको हो ।

कालीमाटी बजारमा अहिले मालदह, दसहरी र चोसा लगायत आँप किन्न पाइन्छ । आज मालदह आँप प्रतिकिलो थोकमा ४० रुपैयाँ बढेको छ । यस्तै दसहरी आँप प्रतिकिलो थोकमा ३५ र चोसा आँप प्रतिकिलो थोकमा १० रुपैयाँ बढेको छ ।

शनिबार मालदह र दसहरी आँप प्रतिकिलो १ सय ४० रुपैयाँमा किनबेच भएको थियो । आज मालदह आँप प्रतिकिलो १ सय ८० र दसहरी आँप प्रतिकिलो १ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै चोसा आँप शनिबार प्रतिकिलो १ सय ५० रुपैयाँमा किनबेच भएकामा आज १ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

Share: