एकैदिन एक हजारले बढ्यो सुनको मूल्य

164
0
Share:

काठमाडौ/ नेपाली बजारमा आज एकैदिन सुनको मूल्य एक हजार रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ७ सय रुपैयाँ कायम गरिएको छ ।

अघिल्लो दिन बुधबार तोलाको एक लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार एक लाख ५ हजार २ रुपैयाँमा किनबेच भएको थियो ।

पछिल्लो केही दिन घटेर बुधबार स्थिर रहेको सुनको मूल्य आज भने एकैदिन एक हजार रुपैयाँ बढेको हो ।आज चाँदीको मूल्य पनि ५ रुपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार एक हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

Share: