रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

186
0
Share:

काठमाडौँ/राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।आज आइतबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

यसअघि पनि रास्वपाले प्रचण्डलाई विश्वासको मत दिएको थियो ।तर सर्वोच्च अदालतको आदेशले अध्यक्ष रवि लामिछानेले सांसद र गृहमन्त्री गुमाएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो ।

Share: