राष्ट्रपतिसँग ललितपुरका जनप्रतिनिधिको भेट

114
0
Share:

काठमाडौँ/ राष्ट्रपति रामचन्द्र पौडेलसँग ललितपुरका जनप्रतिनिधिहरुले भेट गरेका छन् । आइतबार ललितपुरका विभिन्न तीन स्थानीय तहका जनप्रतिनिधिहरुले भेट गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले आज भेटेर निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

शितल निवासमा भएको सो भेटमा जनप्रतिनिधिहरुले पालिकामा भएका गतिविधिका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।भेटमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जन लगायत ती पालिकाका कार्यपालिका सदस्यका साथै स्थानीयवासीको सहभागिता थियो ।

उक्त अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको मुखपत्र, संस्कृतिविद् स्वर्र्गीय सत्यमोहन जोशीद्धारा लिखित ललितपुर महानगरपालिकाले प्रकाशित गरेका पुस्तकहरु हस्तान्तरण गरेका थिए ।त्यस्तै, गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पनि गोदावारी महानगरपालिकाको मुखापत्र हस्तान्तरण गरेका थिए ।

Share: