स्ववियु निर्वाचन : शंकरदेवमा फर्जी मतदान गर्ने नेविसंघ इकाइ अध्यक्षसहित १० जना पक्राउ

159
0
Share:

काठमाडौँ/काठमाडौंको शंकरदेव क्याम्पसबाट स्वतन्त्र विद्यार्थी संघकाे निर्वाचनमा फर्जी मतदान गर्न जाने १० जना पक्राउ परेका छन् ।क्याम्पसभित्र जवरजस्ती फर्जी परिचयपत्र लिएर मतदान गर्न जान खोज्ने नेपाल विद्यार्थी संघ (नेविसंघ)का १० कार्यकर्तालाई प्रहरी पक्राउ गरेको हो ।

नक्कली परिचयपत्र बोकेर भोट हाल्न जान लागेपछि प्रहरीले गेटबाटै पक्राउ गरेको काठमाडौंका प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले बताउनुभयाे ।

आज देशभर त्रिवि अन्तर्गतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी संघ स्ववियुको मतदान भइरहेको छ ।

Share: